माननीय वन तथा वातावरण मन्त्री श्री बादशाह कुर्मीज्यू र लुम्बिनी प्राविधिक विश्वविद्यालयका पदाधिकारीहरू बिच भेटघाट कार्यक्रम

यस लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्ज, बाँकेमा मिति २०८१ साउन २२ गते माननीय वन तथा वातावरण मन्त्री श्री बादशाह कुर्मीज्यूलाई र यस विश्वविद्यालयका पदाधिकारीहरू उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालज्यू, कुलसचिव रेगबहादुर भण्डारीज्यू र सेवा आयोगका सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरेज्यूले स्वागत गर्नुभयो।त्यस अवसरमा वहाँलाई सफल कार्यकालको शुभकामना दिई विश्वविद्यालयको बारेमा छोटो जानकारी पनि गराइयो।