लुम्बिनी प्राविधिक विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बिच सम्झौता
२०८२/०७/१५ गते काठमाडौँमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, बाँके र नेपाल इन्जिनियरिङ परिषद् बिच सम्झौता पत्र मा हस्ताक्षर सम्पन्न भएको छ। विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकाल र परिषद्को तर्फबाट अध्यक्ष प्रा. डा. पद्मबहादुर शाहीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो। उक्त हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज के. सी. र परिषद्का रजिष्ट्रार ई. धुर्बराज भट्टराईको पनि उपस्थिति थियो।
नेपालका विश्वविद्यालयहरुबाट उत्पादन हुने इन्जिनियरहरुलाई वाशिंगटन यकर्ड (Washington Accord) अनुसार विश्वव्यापी रुपमा रोजगारी, अध्ययन र व्यवसायिक दर्ताको मान्यताका लागि नेपाल इन्जिनियरिङ परिषद्ले पहलकदमी थालेको हुँदा सोकालागि लुम्बिनी प्राविधिक विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बिच सम्झौता भएको हो।
