• Monday 5th of October 2026 ,
logo
WEBSITE HACKED BY KEISHELL & KING2 & ZENTINELTEAM
WEBSITE HACKED BY KEISHELL & KING2 & ZENTINELTEAM

साइबर अपराध र साइबर सुरक्षाका उपाय सम्बन्धमा एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न।

05 Feb 2024 Admin
साइबर अपराध र साइबर सुरक्षाका उपाय सम्बन्धमा एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न।

मिति २०८० माघ २२ गते सोमबारका दिन लुम्बिनी प्राविधिक विश्वविद्यालय र श्री मंगल प्रसाद मा. वि, नेपालगन्ज बाँकेको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने अभिप्रायले साइबर अपराध र साइबर सुरक्षाका उपाय सम्बन्धमा एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १२ का सम्पूर्ण विज्ञान समूहका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।उनीहरूले पनि साइबर अपराध र साइबर सुरक्षाका उपाय सम्बन्धमा जिज्ञासा राखेका थिए।

यस कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव श्री रेगबहादुर भण्डारीज्यूले साइबर अपराध र साइबर सुरक्षाका उपायका बारेमा प्रशिक्षण दिनुभयो। उहाँका अनुसार, "साइबर अपराध विश्वभर एक महत्त्वपूर्ण समस्या बनेको छ। खास गरी कलेज जीवनमा साइबर अपराधको संख्या बढी रहेको छ। कार्यक्रममा हाल बढ्दो सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक समाचार, स्पाम/ फिसिङ्ग इमेल, रेन्समवेयर लगायतका विविध विषयको रोकथामका लागि सबैलाई सतर्क रहन आग्रह गर्नुभयो।" साथै नेपालमा घटेका साइबर आक्रमणका प्रतिनिधि घटनाहरू तिनको पहिचान, घटनाक्रमका प्रवृत्ति र कमीकमजोरी सम्बन्धमा अनुभव साट्नुभयो।

यसै अवसरमा श्री मंगल प्रसाद मा. विले प्लेटफर्म उपलब्ध गराई सहजीकरण गरेकोले विश्वविद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

Related News