लुम्बिनी प्रदेश सरकार, शहरी विकास मन्त्रालयका माननीय मन्त्रीज्यूद्वारा विश्वविद्यालयको अनुगमन तथा निरीक्षण

05 Jan 2024 Admin
लुम्बिनी प्रदेश सरकार, शहरी विकास मन्त्रालयका माननीय मन्त्रीज्यूद्वारा विश्वविद्यालयको अनुगमन तथा निरीक्षण

मिति २०८० पुस २० गते, लुम्बिनी प्रदेश सरकार, शहरी विकास मन्त्रालयका मन्त्री माननीय कृष्णा के.सी. ज्यूले लुम्बिनी प्राविधिक विश्वविद्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको छ।यस क्रममा विश्वविद्यालयका कुलसचिव, श्री रेगबहादुर भण्डारी, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डा. कीर्ति कुसुम जोशी, सेवा आयोग विज्ञ सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे लगायतका पदाधिकारीज्यूहरूको उपस्थितिमा शहरी विकास(Urban Development) का विषयमा बृहत छलफल गर्दै विश्वविद्यालयमा यसको अध्ययन/अध्यापन गर्ने/गराउने सन्दर्भमा प्रदेश सरकारबाट विश्वविद्यालयको अभिभावकको रूपमा सम्पूर्ण तह र तप्काबाट सहयोग गर्ने मन्त्रीज्यूले प्रतिबद्धता गर्नु भएको छ।साथै कुलसचिवज्यूले विश्वविद्यालयको बारेमा ब्रिफिङ गर्नु भएको थियो।

Related News