लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आउँदो वर्षदेखि आईटी र इन्जिनियरिङको पढाइ हुँदै

09 Nov 2022 Admin
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आउँदो वर्षदेखि आईटी र इन्जिनियरिङको पढाइ हुँदै

लुम्बिनी प्राविधिक विश्वविद्यालयले आउँदो शैक्षिक सत्र २०८० देखि सूचना प्रविधि र इन्जिनियरिङका विषय अध्यापन गराउने भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा यसै वर्ष स्थापना भएको यस विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी थालेकको विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जानकारी दिए । 
भण्डारीका अनुसार हाल शैक्षिक कार्यक्रमको पाठ्यक्रम निर्माणको काम भइरहेको छ । “विश्वविद्यालयले डीन नियुक्त गरिसकेको छ,” उनले भने, “डीनको नेतृत्वमा पाठ्यक्रम निर्माणको काम सक्छौं ।”

विश्वविद्यालयले तयार पार्ने विषय अहिलेको आवश्यकता अनुसार बजारमुखी  हुने उनले उल्लेख गरे । “विद्यार्थीको व्यावसायिक सीप विकास गर्नेगरी उच्च गुणस्तरको शैक्षिक कार्यक्रम ल्याउने तयारी भइरहेको छ, उनले भने ।
विश्वविद्यालयले लुम्बिनी प्रदेश अन्तर्गत रहेका स्थानीय पालिकाका विद्यार्थीलाई प्राथमिकता दिने उनको भनाइ छ । “यसको मतलब अरू ठाउँका विद्यार्थीले पढ्न नपाउने होइन । हामी नेपालका सबै ठाउँ र छिमेकी राष्ट्रबाट समेत विद्यार्थीहरू आउन् भन्रे सोचमा छौं”।

Related News