सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू सहितको टोलीद्वारा लु. प्रा.वि.को अवलोकन कार्यक्रम

कार्यक्रमको परिचय
मिति २०६१/१२/२१ मा बाँकेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सभा हलमा सम्माननीय पूर्व प्रधानमन्त्री तथा माववादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा विश्वविद्यालयको अवलोकन तथा निरीक्षण कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा प्राविधिक शिक्षाको महत्व, विश्वविद्यालय स्थापनाको प्रगति, र भविष्यका योजनाहरूबारे छलफल गरियो। सहभागीहरूले प्राविधिक शिक्षाले क्षेत्रीय विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्देश्य
कार्यक्रमको मुख्य उद्देश्य लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापनाको महत्व, यसको आवश्यकता, र यसले क्षेत्रीय विकासमा पुर्याउने योगदानबारे जानकारी गराउनु थियो। साथै, स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी विश्वविद्यालय स्थापनाको प्रक्रियालाई तीव्रता दिन पहल गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमको विधि
नेपालगन्ज-१०, बाँके लुम्बिनी प्राविधिक विश्वविद्यालय सभा हलमा मिति २०८१/१२/२१ बिहान ११:३० बजे देखि कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रममा तपसिल बमोजिमका अतिथिहरू उपस्थित थिए:
उपस्थित व्यक्तित्वहरू:
- सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख अतिथि
- पूर्व सभामूख एवम् उप-प्रधानमन्त्री कृष्णबहादुर महरा
- संस्थापक कुलपति एवम् माननीय पूर्व मुख्यमन्त्री कुलप्रसाद के.सी.
- माननीय पूर्व मुख्यमन्त्री जोख बहादुर महरा
- पूर्व सभामुख अग्नी सापकोटा
- पूर्व सभामुख ओनसरी घर्ति मगर
- पूर्वी सभामूख एवम् गृहमन्त्री नारायण काजी
- पूर्व उपसभामूख पूर्णा सुवेदी
- पूर्वमन्त्री कमला रोका
- पूर्व मन्त्री महेश्वर गहतराज (अयक)
- पूर्व मन्त्री देव गुरुङ
- पूर्व मन्त्री चक्रवाडी खनाल
- पूर्व मन्त्री पम्फा भुषाल
- रेग बहादुर भण्डारी, कुलसचिव, लुम्बिनी प्राविधिक विश्वविद्यालय
- प्रा. डा. कृष्णप्रसाद घिमिरे, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय
साथै लुम्बिनी प्राविधिक विश्वविद्यालयका कर्मचारी, प्राध्यापक तथा आंशिक शिक्षकहरू र मेडियाहरू उपस्थित थिए।
- कार्यक्रम संचालक
लुम्बिनी प्राविधिक विश्वविद्यालयका पुस्तकालय अधिकृत श्री तेज कुमारी विष्टबाट उद्घोषणको काम भएको थियो ।
- अध्यक्ष
लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव श्री रेगबहादुर भण्डारीले अध्यक्षको आसन गर्नु भएको थियो ।
- प्रमुख अतिथि
नेपाल सरकारको सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू प्रमुख अतिथिको आसन गर्नु भएको थियो।
- अन्तरक्रिया, प्रस्तुति तथा मन्तव्य
कार्यक्रमको उद्घाटन राष्ट्रिय गानबाट शुरू गरी स्वागत मन्तव्य उपप्राध्यापक श्री प्रतिक चन्दज्यूबाट भएको थियो।नयाँ पुस्ता नया जोस छ हामी लागेको छौ विश्वविद्यालय बनेपछि नै हामी बन्ने हो भनि अभिव्यक्ति दिँदै चन्दज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कुलसचिव, रेग बहादुर भण्डारीज्यूको प्रस्तुति र समेटियका कुराहरू
विश्वविद्यालय स्थापनाको पृष्ठभूमि:
सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन र पर्यटनलगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले नेपालको संविधान २०७२ ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालय ऐन, २०७८ को दफा ९ को उपदफा (८) बमोजिम मन्त्रिपरिषद्को मिति २०७९।०३।१८ को निर्णय अनुसार प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा स्थापना गरेको हो।अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयकोमा स्नातक तहमा B. Tech in CS & AI, B. Tech in AI, B. Tech in Civil Engineering र B. Tech in IT Engineering चालु कार्यक्रम गरेको छन्।LTU ले प्रविधिको बारेमा अध्यापन गराई दक्ष जनशक्ति निर्माण गर्ने र सिंगो देशको दिगो विकासमा मद्दत गर्ने लक्ष्य बोकेको छ। प्रविधिले संसारलाई आकार दिनको लागि अति नै महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ, फलस्वरूप परम्परागत रोजगारहरू प्राविधिक-उन्मुख व्यक्तिहरूद्वारा प्रतिस्थापन हुँदै गएको छ। LTU को लक्ष्य स्नातक र स्नातकोत्तरमा अनुशासनात्मक, विशेषज्ञता र सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुप्रयोगको साथमा प्रतिष्ठित प्राविधिक विश्वविद्यालय रहने र वास्तविक-विश्वका समस्याहरूलाई समाधान गर्न सक्ने क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्नु हो। भनि विश्वविद्यालयको परिचय, उद्देश्य, ध्ययेको बारेमा जानकारी दिनु भयो ।
जनताको अवाज नै विश्वविद्यालयको उद्देश्य हो भनि जोड दिनु भयो । हुनेबाट लिने र नहुनेलाई दिने गरी छत्रवृतिको अवधारणा रहेको जानकारी दिनु भयो साथै Industry 4.0 को विस्तृत जानकारी दिँदै विश्वविद्यालयले कसरी औद्योगिक क्रान्ति गर्न सक्छ भनि प्रस्तुत गर्नु भयो ।
प्रमुख अतिथि, सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूका भनाईहरू ।
हाम्रो पार्टीका सबै कमरेडहरु यहाँ उपस्थित छौ बिहान मात्रै मैले यो विश्वविद्यालय बारेमा साथीहरुले केहि प्रश्न उठाएपछि मैले मन्त्रालय सँग यहीबाट फोन गरेर लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा सम्बन्धी समस्या जो छ त्यसलाई पहिला म नै प्रधानमन्त्री भएको बेला नै उठेको प्रश्न थियो यो भूमि मन्त्रालयले यसलाई छिटो भन्दा छिटो क्याबिनेटमा लगेर डिसिजन गर्दिनु पर्ने थियो प्रक्रियामा थियो मैले आज कुरा गरे र मन्त्री सँगकुरा गरेपछि त्यो प्रक्रिया अगाडी बढिसकेको छ अब केहि दिन भित्रै क्याबिनेटमा लगिन्छ र टुङ्याइन्छ भन्ने कुरा उहाले मलाई भन्नु भएको छ मैले अलि गम्भीर ढंगले नै यो भूमिसँग सम्बन्धित समस्या हल नगर्दा खेरि त्यो विश्वविद्यालय अगाडी बढाउन चै त्यसले जटिलता पैदा भएको छ भन्ने कुरा गरेको र मन्त्रीले मलाई अब विश्वास दिलाउनु भएको छिट्टै मन्त्रिपरिषदमा जान्छ र अगाडी जान्छ अहिले यहाँ आएर रेग भण्डारीजीले जसरी प्रिजेन्टेसन गर्नुभयो यो लुम्बिनी प्राविधिक विश्वविद्यालयको अहिलेको स्थिति विद्यार्थीको स्थिति अनि सब्जेक्टहरुको स्थिति पनि के छ भन्ने कुरा र यसले कसरी हाम्रो देशको आर्थिक उत्पादनसँग प्रविधिको प्रयोगसँग कृषि पर्यटन लगायत सबै विषयमा कसरी जोड्ने भनेर जे राख्नु भएको छ यो निकै युनिक छ, मौलिक छ र नेपालको निम्ति अति आवश्यक पनि छ। त्यसकारण यो आफ्नो किसिमको विश्वविद्यालयका रुपमा यसले आउने दिनमा राम्रो गर्छ भन्ने विश्वास आजको प्रिजेन्टेसनमा हामीलाई प्रस्तुत गर्नु भएको छ म भण्डारी जीलाई धन्यवाद भन्न चाहन्छु र तपाईहरु सबैलाई पनि र यसले जे सामना गरेको छ चुनौतीको त्यसको समाधानको लागि किनभने म मात्रै होइन हाम्रो त पार्टीको सिंगै टिमै यहाँ पूर्व मुख्यमन्त्री सभामुख प्रधानमन्त्री उपपधानमन्त्री हामी सबै यहाँ छौ त्यसले गर्दा र यो विश्वविद्यालय फेरी दुई वटा मुख्यमन्त्री हाम्रो लुम्बिनी प्रदेशको उहाहरुकै सक्रियतामा मन्त्री फेरी योसँग सम्बन्धित उहाको पनि सक्रियतामा भएको हुनाले हाम्रो पार्टीसँग लुम्बिनी प्राविधिक विश्वविद्यालयको गहिरो वैचारिक पनि भावनात्मक पनि सम्बन्ध छ। हामीले फेरी आइटीको माध्यमबाट उत्पादन र उत्पादकत्वको वृद्धि कसरी गर्ने प्राविधिक शिक्षालाई हाम्रो कृषिमा हाम्रो पर्यटनमा हाम्रो उद्योगमा हाम्रो सबै व्यवसायमा कसरी डेभलप गर्ने भन्नेमा हामी छलफल गरिराखे छौ सायद तपाईहरुले पनि थाहा पाउनु भयो होला हामीहरु पार्टीले अहिले स्थानीय तहमा त्यहाको विशेषता अनुसार आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जौ बसाउने किसिमले किनकि हामी खाली बाहिरबाट ल्याउने र चलाउने रेमिटेन्सबाट मात्रै देश चल्छ जस्तो जो भएको छ। त्यसलाई बदल्ने किसिमले हामीले सोचिराखेको सन्दर्भमा यो प्राविधिक विश्वविद्यालयले आफ्नो अगाडी जस्ता लक्ष्य राखेको छ ति असाध्य सामहििक छन्। हामीले भर्खरै पार्टीमा डिसिजन गरे अनुसार पनि यो विश्वविद्यालयले पैदा गर्ने जनशक्तिको हिसाबले पनि दिने तालिम र प्राविधिक ज्ञानको हिसाबले पनि राष्ट्रिय स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको जगर्ना गर्न पनि यसको निकै ठुलो भूमिका हुन्छ भन्ने हामीले ठानेका छौ तपाईहरु आफ्नो ठाउँबाट बल गरिराख्नु भएको रहेछ तपाईले अझ विशेष रुपले रेग भण्डारीजीले र तपाईहरु सबैलाई धन्यवाद भन्न चाहन्छु।