लुम्बिनी प्राविधिक विश्वविद्यालयको अनुसन्धान, बाह्य सम्बन्ध तथा ज्ञान प्रसार केन्द्र अन्तर्गत "Advanced Computing & Artificial Intelligence (AI) Research Lab" आज मिति २०८३/०४/२९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।यस प्रयोगशालाको स्थापना विश्वविद्यालयमा Artificial Intelligence, Advanced Computing, Machine Learning, Deep Learning, Natural Language Processing (NLP), Data Science तथा अन्य अत्याधुनिक प्रविधिको अध्ययन, अनुसन्धान, प्रयोग तथा ज्ञान प्रसारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। लुम्बिनी प्राविधिक विश्वविद्यालयअन्तर्गत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूले आजैको मिति देखि यस प्रयोगशालाको अध्ययन, परियोजना कार्य र अनुसन्धानका लागि उपयोग गर्न सक्नेछन्। प्रयोगशालाको प्रयोग गर्दा विश्वविद्यालयले तोकेको नियम तथा अनुशासनको पूर्ण पालना गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
Download