लुम्बिनी प्राविधिक विश्वविद्यालय
केन्द्रीय कार्यालय
नेपालगन्ज,बाँके
पदाधिकारीहरूको विज्ञापन सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति :- २०८१-१२-१४
लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गत तपसिल बमोजिमका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य व्यक्तिको छनोटका लागि तपसिल बमोजिमको योग्यता र मापदण्ड पुगेका नेपाली नागरिकबाट १५ दिनभित्र तल उल्लेखित लिंकमा दरखास्त दिनका लागि यो सूचना प्रकाशित गरिएको छ । निर्धारित मिति र समय भित्र प्राप्त हुन नआएको तथा रित नपुगेको निवेदन उपर कुनै कारवाही गरिने छैन ।
(१) डिन, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान - १ जना
(क) डिन पदका लागि न्यूनतम मापदण्ड : मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ वा सूचना प्रविधि विषयमा स्नातकोत्तर गरी सम्बन्धित बिषयमा विद्यावारिधि उपाधि हासिल गरेको, अनुसन्धान, अध्यापनको क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको र उमेर ३५ वर्ष पुगेको हुनुपर्ने।
(ख) छनोटका मापदण्ड र आधारहरू : शैक्षिक प्रशासन वा प्राज्ञिक पदमा कम्तीमा ३ वर्षको कार्यअनुभव, अनुसन्धानात्मक अनुभव भएको हुनुपर्ने, सम्बन्धित अध्ययन संस्थानको उन्नयन तथा उत्थानका लागि तैयार पारिएको रणनैतिक योजना, रणनैतिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता ।
डिन पदका लागि आवेदन फाराम डाउनलोड
(२) निर्देशक, अनुसन्धान, बाह्य सम्बन्ध तथा ज्ञानप्रसार केन्द्र – १ जना
(क) निर्देशकका लागि न्यूनतम मापदण्ड : मान्यता प्राप्त विश्वविद्यालयबाट विज्ञान प्रविधि /इन्जिनियरिङ/ सूचना प्रविधि/कृषि/वन सम्बन्धी कुनै विषयमा विद्यावारिधि गरेको र अनुसन्धान, अध्यापनको क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको र उमेर ३५ वर्ष पुगेको हुनुपर्ने।
(ख) छनोटका मापदण्ड र आधारहरू : शैक्षिक प्रशासन वा प्राज्ञिक पदमा कम्तीमा ३ वर्षको कार्य अनुभव, केन्द्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुसन्धान र अन्वेषण गराउन सक्ने दक्षता र अनुभवको प्रमाणित आधार भएको,सम्बन्धित केन्द्रको उन्नयन तथा उत्थानका लागि तैयार पारिएको रणनैतिक योजना, रणनैतिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता।
अनुसन्धान, बाह्य सम्बन्ध तथा ज्ञानप्रसार निर्देशक पदका लागि आवेदन फाराम डाउनलोड
अनुसन्धान, बाह्य सम्बन्ध तथा ज्ञानप्रसार निर्देशक पदका लागि दरखास्त दिन
(३) परीक्षा नियन्त्रक - १ जना
(क) परीक्षा नियन्त्रकका लागि न्यूनतम मापदण्ड: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा दोस्रो श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, परीक्षा सम्बन्धी कम्तीमा ३ वर्षको कार्यअनुभव भएको र उमेर ३५ वर्ष पुगेको हुनुपर्ने।
(ख) छनोटका मापदण्ड र आधारहरू : परीक्षा सुधार तथा व्यवस्थापनका लागि तैयार पारिएको रणनैतिक योजना, सूचना तथा सञ्जार प्रविधिमा ज्ञान भएको, रणनैतिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता।